शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको पशु वधशाला सञ्चालनमा आउँदै

सोमबार, ०१ फागुन २०७९, १४ : ३२
सोमबार, ०१ फागुन २०७९

बुटवल । बुटवलमा निर्माण भएको पशु वधशाला सञ्चालनमा आउने भएको छ । वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधनबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको हो ।

दुईपक्षबीच भएको सहमतिअनुसार पशु वधशाला छिटै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम वधशाला व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने छ ।

वधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्मको साझेदार रहेको र सोहीअनुसार वधशाला सञ्चालन हुने जनाइएको छ ।

वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ ।

वधशाला सञ्चालनका लागि एकसाताभित्र विस्तृत सम्झौता भए  लगत्तै सञ्चालन हुनेगरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु वधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिटै नै वधशाला सञ्चालन हुने बताए ।    

वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विघाह ३ कट्टा क्षेत्रफलमा वधशाला निर्माण भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप