बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

नेपालले टर्कीमा पठायो २२ टनभन्दा बढी राहत सामग्री

सोमबार, ०१ फागुन २०७९, २३ : ५३
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि  औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो । 

गत फेब्रुअरी ६ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत र पुनः स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो खेपमा सो राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Fo2GnO5aUAA_M7x

यसअघि फेब्रुअरी ८ मा परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत चाउसोग्लुसँग टेलिफोन वार्ता गरेका गरेकी थिइन् ।  सो क्रममा उनले  टर्कीको दुःखमा नेपाल सँधै रहेको बताउँदै सम्भव भएसम्मको सहयोग गर्न नेपाल तयार रहेको बताएकी थिइन् । परराष्ट्र मन्त्रालयले टर्कीस एयरलाइन्सले राहत सामग्री ढुवानीमा सहयोग गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप