नेपालले टर्कीमा पठायो २२ टनभन्दा बढी राहत सामग्री
काठमाडौँ । नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो ।
गत फेब्रुअरी ६ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत र पुनः स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो खेपमा सो राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि फेब्रुअरी ८ मा परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत चाउसोग्लुसँग टेलिफोन वार्ता गरेका गरेकी थिइन् । सो क्रममा उनले टर्कीको दुःखमा नेपाल सँधै रहेको बताउँदै सम्भव भएसम्मको सहयोग गर्न नेपाल तयार रहेको बताएकी थिइन् । परराष्ट्र मन्त्रालयले टर्कीस एयरलाइन्सले राहत सामग्री ढुवानीमा सहयोग गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण