आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मृतक आचार्यको परिवारलाई ५० लाखभन्दा बढी बीमा भुक्तानी

सोमबार, ०१ फागुन २०७९, १५ : २३
सोमबार, ०१ फागुन २०७९

मङ्गलबारे । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रु ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो ।

नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट बिहान मृत्यु भएको थियो । 

कम्पनीले दाबी भुक्तानी बापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए । 

आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप