परराष्ट्रमन्त्री र सचिव क्वात्राबीच भेट : दक्षिण एशियाली संयन्त्र बनाउनेबारे छलफल
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा विकासका सहायताको विषयमा कुराकानी भएको मन्त्री पौड्यालले बताइन् । उनले भेटमा कनेक्टीभटी अन्तर्गत हवाई यात्राको कनेक्टीभिटी विषयमा पनि कुराकानी भएको बताइन् । उनले एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताइन् । उनले विमानस्थलका रुटहरु खोल्ने र ट्रेट ब्यारियरका बारेमा पनि छलफल भएको बताइन् ।
उनले भारतबाट सामान आउँदा थाहा नभइकन सामानहरु रोकिने समस्या आएकाले त्यसका बारेमा पनि छलफल भएको बताइन् । उनले विद्युतलाई अझै बढी उत्पादन र विद्युत् बिक्रीलाई बढाउने कुरामा पनि छलफल भएको बताइन् ।
मन्त्री पौडेलले भेटमा द्वीपक्षिय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेको कुराहरु र सफल रुपमा कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको बताइन् । उनले भेटमा नेपालमा लगानीको वातावरण बनाउने बारेमा पनि छलफल भएको बताइन् ।
सचिव क्वात्रासँगको भेटमा जलवायु परिवर्तनबाट परेको असरका बारेमा पनि छलफल भएको उनले बताइन् । उनले जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि दक्षिण एशिया स्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायु सम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारेमा आफूले विशेष जोड दिएको बताइन् ।
मन्त्री पौड्यालले भेटमा छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण