परराष्ट्रमन्त्री र सचिव क्वात्राबीच भेट : दक्षिण एशियाली संयन्त्र बनाउनेबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा विकासका सहायताको विषयमा कुराकानी भएको मन्त्री पौड्यालले बताइन् । उनले भेटमा कनेक्टीभटी अन्तर्गत हवाई यात्राको कनेक्टीभिटी विषयमा पनि कुराकानी भएको बताइन् । उनले एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताइन् । उनले विमानस्थलका रुटहरु खोल्ने र ट्रेट ब्यारियरका बारेमा पनि छलफल भएको बताइन् ।
उनले भारतबाट सामान आउँदा थाहा नभइकन सामानहरु रोकिने समस्या आएकाले त्यसका बारेमा पनि छलफल भएको बताइन् । उनले विद्युतलाई अझै बढी उत्पादन र विद्युत् बिक्रीलाई बढाउने कुरामा पनि छलफल भएको बताइन् ।
मन्त्री पौडेलले भेटमा द्वीपक्षिय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेको कुराहरु र सफल रुपमा कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको बताइन् । उनले भेटमा नेपालमा लगानीको वातावरण बनाउने बारेमा पनि छलफल भएको बताइन् ।
सचिव क्वात्रासँगको भेटमा जलवायु परिवर्तनबाट परेको असरका बारेमा पनि छलफल भएको उनले बताइन् । उनले जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि दक्षिण एशिया स्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायु सम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारेमा आफूले विशेष जोड दिएको बताइन् ।
मन्त्री पौड्यालले भेटमा छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विश्वासमा लिन सरकारले बनाउने नीति प्रतिगामी नभई प्रगतिशिल हुनुपर्छ : अध्यक्ष अग्रवाल
-
कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता
-
लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि...
-
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा