बीवाइडी एट्टो ३ को बुकिङ खुल्ला, फुल चार्जमा अधिकतम ४२० किलोमिटरको रेन्ज दिने
काठमाडौं । बहुप्रतिक्षित बीवाईडीको उत्पादन एट्टो ३ को बुकिङ खुल्ला भएको छ । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले १०० किलोवाट क्षमताको एट्टो ३ नेपाली बजारमा ल्याएको हो ।
फास्ट चार्जिङ सुविधासहितको एट्टो ३ ले एक पटकको फूल चार्जमा ४२० किलोमिटरको माइलेन्ज रेन्ज दिने कम्पनीको दाबी छ । एट्टो ३ को बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसअघि १५० किलोवाट मोटर क्षमतामा उपलब्ध एट्टो ३ १०० किलोवाटमा आएको हो ।
मोटर पावर कम भए पनि बीवाईडी एट्टो ३ को अन्य फिचरमा भने परिवर्तन नहुने बताइएको छ । नेपाली बजारमा हाल उपलब्ध बीवाईडी एट्टो ३ मा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
गाडीले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
बीवाइडीले एट्टो ३ लाई आफ्नो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण