रास्वपाद्वारा उपनिर्वाचन घोषणाको स्वागत
सोमबार, ०१ फागुन २०७९, १८ : १०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको स्वागत गरेको छ । निर्वाचन आयोगले आइतबार चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गतेलाई उपनिर्वाचनको घोषणा गरेसँगै रास्वपाले स्वागत गरेको हो ।
रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उपनिर्वाचनको स्वागत गरेको बताए ।
सो पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखिएसँगै सर्वोच्च अदालतको आदेशबाट उनको सांसद पद खारेज भएको थियो । सोसँगै चितवन २ मा रवि लामिछाने निर्वाचन भएको स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको थियो ।
रास्वपाले उपनिर्वाचनको तयारी गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
-
बारपाकमा पछिल्लो १० वर्षमा आएको परिवर्तन, तस्बिरमा हेर्नुहोस्
-
मोहन बस्नेतको सांसद पद निलम्बन
-
स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
-
क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा