चिनियाँ राष्ट्रपतिद्वारा १० नयाँ राजदूत नियुक्त
सोमबार, ०१ फागुन २०७९, २१ : २९
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको निर्णयअनुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् ।
नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त भएका छन् ।
त्यसैगरी सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ ।
त्यसैगरी नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ ।
यसैगरी इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण