बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिद्वारा १० नयाँ राजदूत नियुक्त

सोमबार, ०१ फागुन २०७९, २१ : २९
सोमबार, ०१ फागुन २०७९

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको निर्णयअनुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । 

नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त भएका छन् । 

त्यसैगरी सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ ।  

त्यसैगरी नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ । 

यसैगरी इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ । (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप