एसईई परीक्षामा जुम्लाबाट २ हजार ८ सय विद्यार्थी सहभागी हुने
सोमबार, ०१ फागुन २०७९, २२ : ०५

जुम्ला । जुम्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि २ हजार ८ सय भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जुम्लाका ८ स्थानीय तहका २ हजार ८ सय ७७ जना विद्यार्थी आउँदो चैत १७ गतेबाट हुने एसईईमा सहभागी हुने भएका हुन् ।
परीक्षाका लागि आवश्यक हाजिरी पुराएका नियमित तर्फ २ हजार ६ सय ९९, ग्रेड वृद्धिमा ४९ र प्राविधिक धारका १ सय २९ जनागरी २ हजार ८ सय भन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत दिन विद्यार्थी अनिवार्य हाजिरी हुनुपर्ने प्रावधान छ ।
परीक्षा सञ्चालनका लागि गत वर्ष जुम्लामा १६ वटा केन्द्र तोकिएकोमा यस वर्ष भने एउटा थपेर १७ वटा बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची