एसईई परीक्षामा जुम्लाबाट २ हजार ८ सय विद्यार्थी सहभागी हुने
सोमबार, ०१ फागुन २०७९, २२ : ०५
जुम्ला । जुम्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि २ हजार ८ सय भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जुम्लाका ८ स्थानीय तहका २ हजार ८ सय ७७ जना विद्यार्थी आउँदो चैत १७ गतेबाट हुने एसईईमा सहभागी हुने भएका हुन् ।
परीक्षाका लागि आवश्यक हाजिरी पुराएका नियमित तर्फ २ हजार ६ सय ९९, ग्रेड वृद्धिमा ४९ र प्राविधिक धारका १ सय २९ जनागरी २ हजार ८ सय भन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत दिन विद्यार्थी अनिवार्य हाजिरी हुनुपर्ने प्रावधान छ ।
परीक्षा सञ्चालनका लागि गत वर्ष जुम्लामा १६ वटा केन्द्र तोकिएकोमा यस वर्ष भने एउटा थपेर १७ वटा बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण