बालाजुको प्रदर्शनमा सहभागी १० जना यातायात मजदुर पक्राउ
सोमबार, ०१ फागुन २०७९, २३ : ००
काठमाडौं । बालाजुस्थित माछापोखरी क्षेत्रमा प्रदर्शन गर्ने १० जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शन स्थलबाट १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
आफ्ना १० बुँदे मागबारे जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा नयाँ बसपार्कको ठेकेरदार कम्पनी लोत्से बहुउद्देश्यिय प्रालिका महाप्रबन्धक सुनिल कुँवर सहितले आक्रमण गरेपछि ‘भिडन्त’ भएको यातायात मजदुरहरुले दावी गरेका छन् । कुँवरसहित लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरुले माछापोखरी क्षेत्रमा दिनभर आन्दोलन गरेका थिए ।
यातायात मजदुरहरुले प्रहरी वृत बालाजुको दुईवटा भ्यान जलाए । बालाजुस्थित ल्होत्से मलमा ढुंगामुढा गरेका छन् । अनुसन्धान गर्न आरोपीहरुलाई नियन्त्रणमा लिइएको एसपी रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण