सन्दीपलाई पहिलो ओभरमा नै विकेट
मङ्गलबार, ०२ फागुन २०७९, ०९ : ५६
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाविरुद्धको पहिलो खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका छन् । लामिछानेले कार्ल बिर्केनस्टकलाई आफ्नो शिकार बनाएका हुन् ।
खेलको ११ औँ ओभरमा बलिङ गर्न आएका लामिछानेले १३ रन बनाएका कार्ललाई बोल्ड गरेका छन् । योसँगै ४५ रनको स्थितिमा नामिबियाले २ विकेट गुमाएको छ । यसअघि सोमपाल कामीले ओपनर लो–हान्ड्रे लौरेन्सलाई आउट गरेका थिए ।
नाबालिगमाथिको बलात्कार मुद्दा छिनोफानो नभई लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघको आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण