जनमतका उपाध्यक्षले छाडे जागिर
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफ्नो जागिर छाडेका छन् । यससँगै अब उनी पूर्णकालीन राजनीतिमा लाग्ने भएका छन् ।
कार्यकारिणी समितिको बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता साहलाई जागिर छाडेर पूर्णकालीन राजनीतिमा लाग्न आग्रह गरेका थिए । सोही आग्रह अनुसार साहले जागिरबाट राजीनामा दिएका हुन् ।
स्वतन्त्र मधेश गठबन्धनदेखि नै राउतका साथमा काम गरेका नेता साह २२ वर्षदेखि निजी क्षेत्रको जागिरमा थिए । पछिल्लो तीन वर्षदेखि उनी मिस्ट्री खोजला हाइड्रो इलेक्ट्रीकलमा उनी जागिरे थिए ।
यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा रहेर जागिर गर्नेहरूलाई स्वेच्छाले राजीनामा दिन निर्देशन दिएको थियो । नेता साहले भने, ‘जागिर छाड्न पार्टीले कुनै दबाब दिएको छैन, आग्रह गरेको हो, स्वेच्छाले राजीनामा दिन मन लाग्यो भने दिन पाउँछ, यसमा पार्टीको कुनै दबाब हुँदैन ।’
स्वतन्त्र मधेश गठबन्धन स्थापनाकालदेखि जनमतसम्म निरन्तर पार्टीमा रहेको भन्दै उनले अब पुरा समय पार्टीका लागि नै दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण