जनमतका उपाध्यक्षले छाडे जागिर

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफ्नो जागिर छाडेका छन् । यससँगै अब उनी पूर्णकालीन राजनीतिमा लाग्ने भएका छन् ।
कार्यकारिणी समितिको बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता साहलाई जागिर छाडेर पूर्णकालीन राजनीतिमा लाग्न आग्रह गरेका थिए । सोही आग्रह अनुसार साहले जागिरबाट राजीनामा दिएका हुन् ।
स्वतन्त्र मधेश गठबन्धनदेखि नै राउतका साथमा काम गरेका नेता साह २२ वर्षदेखि निजी क्षेत्रको जागिरमा थिए । पछिल्लो तीन वर्षदेखि उनी मिस्ट्री खोजला हाइड्रो इलेक्ट्रीकलमा उनी जागिरे थिए ।
यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा रहेर जागिर गर्नेहरूलाई स्वेच्छाले राजीनामा दिन निर्देशन दिएको थियो । नेता साहले भने, ‘जागिर छाड्न पार्टीले कुनै दबाब दिएको छैन, आग्रह गरेको हो, स्वेच्छाले राजीनामा दिन मन लाग्यो भने दिन पाउँछ, यसमा पार्टीको कुनै दबाब हुँदैन ।’
स्वतन्त्र मधेश गठबन्धन स्थापनाकालदेखि जनमतसम्म निरन्तर पार्टीमा रहेको भन्दै उनले अब पुरा समय पार्टीका लागि नै दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित