नेप्सेमा १६ अंकको गिरावट, १ अर्ब ७८ करोडको कारोबार
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६.४० अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयमा २१०५ अंकमा आएर रोकिएको छ । यो ०.७७ प्रतिशतको गिरावट हो ।
आज नेप्सेको कारोबार २१२२ अंकबाट सुरु भएको थियो । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर केही सुधारिएको हो । अन्यथा, परिसूचक २१०० अंकमा आएर रोकिने छाँट देखाएको थियो ।
परिसूचक घट्दा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसक्रममा आज ४६ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेपनि ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको घटेको छ । यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ११ सय ७० रुपैयाँले बढेको छ । यो भनेको ६.१२ प्रतिशतको वृद्धि हो । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ । यस्तै, आज बाराही जलविद्युतको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ घटेको छ । यो ५.०७ प्रतिशत गिरावट हो ।
बजारमा दोहोरो अंकको गिरावट आएको दिन आज उत्पादनमूलक उद्योगबाहेक अन्य सबै समूह घटेका छन् । यो समूहमा भने १६.१७ अंकको सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण