बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध  विमानस्थलबाट हुनु उपयुक्त : विज्ञ

बुधबार, ०३ फागुन २०७९, ०६ : ११
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल  दाहाल  प्रचण्डको  आसन्न  भारत  भ्रमण  गौतमबुद्व  अन्तर्राष्ट्रिय  विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको  धारणा  छ  ।

 प्रधानमन्त्री  प्रचण्डले  निकट भविष्यमा गर्नेे भारत भ्रमणबारे सोमबार भारतका  विदेश  सचिव  विनयमोहन  क्वात्रासँग  अनुकूल समयबारे छलफल भएको थियो । पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा नै गरेका थिए । यस पटक पनि पदभार ग्रहण गरेलगत्तै  उनले  आफ्नो  पहिलो  विदेश  भ्रमण  भारतमा नै हुने उल्लेख गरेका थिए । 

भारत  भ्रमणको  मिति  तय  नभए  पनि  प्रधानमन्त्रीले भारत भ्रमणमा ऊर्जा, व्यापार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), कृषि, शिक्षा र संस्कृतिसँगै हवाई सेवालाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको धारणा छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा यस पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्व  अन्तर्राष्ट्रिय  विमानस्थलबाट  दिल्ली  जानुभए हवाई रुट र भैरहवा विमानस्थलमा जडान गरिएका उपकरण सञ्चालनमा थप सहजता हुन सक्ने विश्वास विज्ञहरूको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप