अखिल महाधिवेशन : सहमति नभए नयाँ नेतृत्वका लागि आज मतदान
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।
त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफ्नो कमिटी भङ्ग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन् । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।
अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् । महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधि आएका छन् ।
निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेसका मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो । उनका अनुसार जारी महाधिवेशनले १९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।
उनका अनुसार सहमतीयबाट आज नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण