रोहितको ‘शीतल शीतल’मा मलिका
बुधबार, ०३ फागुन २०७९, ०९ : ००
काठमाडौँ । दशकदेखि गीत लेखनमा सक्रिय रोहित घिमिरेको नयाँ गीत ‘शीतल शीतल’को भिडियो सार्वजनिक भएको छ । एक युगल जोडीको प्रेम र विरहको भावना समेटिएको गीत भ्यालेन्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको हो ।
यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटा दर्जनौँ गीत दिएका घिमिरेको यो गीतमा सङ्गीत सिएल शर्माले दिएका छन् । गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको गीतको एरेन्ज पुष्कर खत्रीले गरेका हुन् ।
गीतको भिडियोमा अभिनेत्री मलिका महत र प्रिन्स चौहानको अभिनय छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुनर्जन्मको कथा बुनिएको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोका सम्पादक दिप्सन शाह हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण