बालाजुमा लुट मच्चाउनेमाथि कारबाही हुनुपर्छ : सांसद महत
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालाजुस्थित बसपार्क क्षेत्रमा दुई दिनअघि मजदुर आन्दोलनका नाममा भएको लुटपाटलाई लिएर संसदमा प्रश्न उठेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले व्यवसायीका कयौँ पसल र दोकान लुटिँदा सरकार रमिते बनेको बताए।
‘काठमाडौँको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला ?,’ कांग्रेस प्रवक्ता महतको प्रश्न छ । यातायात मजदुरको नाममा दिनहाडै लुटपाट भएको भन्दै यथार्थ छानबिन गरेर न्यायिक निरुपण गरिनुपर्ने महतले बताए ।
‘मजदुर प्रवेश गरेका हुन् कि कुनै शक्तिको आडमा संलग्न भएका छन् कि ?’ उनले भने, ‘त्यसको यथार्थ छानबिन गरेर न्यायिक निरूपण गरिनुपर्छ। सरकारले यी घटनामा संलग्नलाई परिणाम आउने गरी कारबाही गरोस्।’ महतले बसपार्क क्षेत्रको ल्होत्से मलसहितमा भएको लुटपाटमा संलग्नलाई कारबाही नभएमा देशभर नकारात्मक सन्देश जाने पनि बताए।
‘यसले देशभर नकारात्मक सन्देश जान्छ। कारबाही नभए देशभर अराजकता फैलिन्छ,’ उनले भने । यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण