१३ अंकले घट्यो नेप्से, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो ।
यससँगै, परिसूचक २०९१ अंकमा आएर रोकिएको छ । परिसूचक दोहोरो अंकले घट्दा आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसक्रममा ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।
बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ । परिसूचक १३ अंकले घट्दा आज उत्पादनमूलक समूहमा मात्र सुधार आएको छ । यो समूहमा भने आज ४६ अंकको वृद्धि देखिएको छ ।
बाँकी सबै समूह घटेका छन् । हिजो सोमबार नेप्सेमा १६ अंकको कारोबार भएर १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो आजको कारोबार रकमको तुलनामा ५ करोडले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध