छ महिनामा झण्डै १ खर्ब विदेशी मुद्रा निक्षेप संकलन
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले झण्डै १ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा निक्षेपको रुपमा प्राप्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९९ अर्ब १९ करोड १० लाख ३ हजार रुपैयाँ निक्षेप प्राप्त गरेका हुन् ।
यो अघिल्लो वर्षको भन्दा १३.३१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४.६ प्रतिशतले विदेशी मुद्राको निक्षेप गुमाउँदै ८७ अर्ब ५३ करोड ९० लाख ३ हजार रुपैयाँ संकलन गरेका थिए ।
समीक्षा अवधिमा बैंकहरुले ११ अर्ब ६५ करोड २० लाख २ हजार रुपैयाँले बढी निक्षेप संकलन भएको हो । यद्यपि, गत जुलाई, २०२२ देखि जनवरी २०२३ सम्मको तथ्याङ्कमा भने विदेशी मुद्राको निक्षेपमा २.२ प्रतिशतले वृद्धि भएको छ ।
गत जुलाई, २०२१ मा बैंक तथा वित्तीय संस्थाहरुमा ९१ अर्ब ७९ करोड ४० लाख ६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा जम्मा भएकोमा सन् २०२२ को सुरुवाती महिना जनवरीमा ४.६ प्रतिशत निक्षेप घट्दै ८७ अर्ब ५३ करोड ९० लाख ३ हजार रुपैयाँ जम्मा भएको थियो ।
यस्तै, जुलाई, २०२२ मा ९७ अर्ब १० करोड ७ हजार रुपैयाँ निक्षेप जम्मा हुँदै गर्दा २०२३ को जनवरीमा २.२ प्रतिशतले निक्षेप वृद्धि हुँदै ९९ अर्ब १९ करोड १० लाख ५ हजार रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण