‘यो माया’ भन्दै गीता फकाउँदै श्रीदेव
बिहीबार, ०४ फागुन २०७९, ०८ : ४२
काठमाडौँ । अभिनेता श्रीदेव भट्टराई र मोडल गीता ढुंगाना अभिनित म्युजिक भिडियो ‘यो माया’ सार्वजनिक भएको छ । दिनेश सुवेदीका शब्द, सन्तोष राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा श्रीदेव र गीताको प्रेमकथा देखाउन खोजिएको छ ।
गायक प्रताप दास र श्रद्धा दियालीको स्वर रहेको गीतको भिडियो केशव भट्टले निर्देशन गरेका हुन् ।
प्रकाश खड्काको छायाँकन रहेको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । मकवानपुरको रमणिय स्थल कुलेखानी, भेडीगोठ लगायतमा भिडियो छायांकन भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा समेत ब्यस्त अभिनेता श्रीदेवका ओए काजल, रुकुमकोट लगायत गीत हिट छन् । उनका ‘कुइनेटो’ र ‘चिठी’ लगायतका फिल्म रिलिजको तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण