निफमा निर्णायक समितिले पायो पूर्णता
आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो । अभिनेता, लेखक र निर्माताको रूपमा सक्रीय रहनुभएका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत भएकी हुन् ।
यस्तै, छोटो तथा वृत्तचित्रतर्फको निर्णायकमा प्रा डा इतामी बोर्जन मनोनीत हुनुभएको छ । चलचित्र विशेषज्ञसँगै शिक्षाविद् रहनुभएकी बोर्जनले क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा एथनोग्राफिक, वृत्तचित्र, विश्व चलचित्रको इतिहास र सिद्धान्त पढाउछन् । उनी यसअघि उक्त विधातर्फ प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’ की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनीत भएकी छन्।
“विश्व चलचित्रसँगसमेत जोडिनुभएका व्यक्तिलाई निर्णायकमा राख्न पाउँदा उत्साहित छौँ । यसले नेपालमा रहेका निर्माता तथा निर्देशकलाई पनि साक्षात्कार गर्ने र विश्वमा बनिरहेका चलचित्रसँगै वृत्तचित्र बुझ्ने अवसर मिल्नेमा विश्वस्त छु”, निफका अध्यक्ष केपी पाठकले भने ।
यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछन् । सात विधामा १४ पुरस्कार वितरण गरिने उक्त महोत्सवमा रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया)समेत आयोजना गरिने अध्यक्ष पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण