शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिडिया अवार्ड ७ फागुनमा हुने

बिहीबार, ०४ फागुन २०७९, ११ : ३५
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । ड्रिम हाइ नेपालले आयोजना गर्न लागेको दोस्रो मिडिया अवार्ड यही फागुन ०७ गते आयोजना हुने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर होटेल याक एण्ड यतीमा आयोजना हुने अवार्डमा कूल ११ विधामा नगदसहित अवार्ड प्रदान गरिनेछ । अवार्डको तयारी समेत पुरा भएको आयोजक ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए ।

नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्ने उद्देश्यले गत वर्षबाट सुरु भएको अवार्डमा यो वर्ष सञ्चार क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने वरिष्ठ सञ्चारकर्मी कृष्ण ताम्राकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) र वरिष्ठ पत्रकार भूषण दाहाललाई दशकको उत्कृष्ट पत्रकारिता सम्मान समेत प्रदान गरिँदै छ ।

टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट घोषणा सहित पुरस्कृत समेत अवार्डमा गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप