अभिनेत्री जेबिकाले गरिन् प्रेमी मनोजसँग विवाह
बिहीबार, ०४ फागुन २०७९, १६ : २४
काठमाडौंँ । अभिनेत्री तथा मोडल जेबिका कार्कीले प्रेमी मनोज जोशीसँग विवाह गरेकी छन् । बिहीबार बत्तिसपुतली स्थित अनुप फुडल्याण्डमा आफन्त र सीमित साथीभाइको उपस्थितिमा उनले विवाह गरेकी हुन् ।
विगत पाँच वर्षयता प्रेममा रहेका कार्की र जोशीको केही अगाडि इन्गेजमेन्ट भएको थियो । विवाहको रिसेप्सन भने फाल्गुण ७ गते राखिएको छ ।
कार्कीले थुप्रै म्युजिक भिडियो र ‘हिजो आजका कुरा’, ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’, ‘जन्मभूमि’ लगायतका करिब दर्जन हाराहारी फिल्म अभिनय गरेकी छन् ।
जोशी नेपाली चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनको छायांकन युनिटमा निर्माण नियन्त्रकको काम गर्छन् । झन्डै एक दशक लामो समयदेखि जोशी नेपाली कला क्षेत्रमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण