अभिनेत्री आशा खड्काले सार्वजनिक गरिन् विवाह
बिहीबार, ०४ फागुन २०७९, १६ : ३९
काठमाडौँ । पछिल्लो समयको चर्चित टेलि श्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् ।
केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोष्ट गर्दै सागरसँग विवाह गरेको बताएकी छन् ।
भिडियो सन्देशमा उनले भनेकी छन्, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रूपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरूलाई हजुरहरूले नै चाहनु भएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु । मलाई विश्वास छ । मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ । मलाई र मेरो श्रीमान्लाई धेरै आशीर्वाद दिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण