बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको टिकट काउन्टर अब दैनिक १० घण्टा खुल्ने

बिहीबार, ०४ फागुन २०७९, १८ : १६
बिहीबार, ०४ फागुन २०७९

काठमाडौं । राष्ट्रिय ध्वज वाहक नेपाल वायु सेवा निगमको टिकट काउन्टर भोलिदेखि दैनिक १० घण्टा खुल्ने भएको छ । 

यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै फागुन ५ गते शुक्रबारदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ः०० बजेसम्म खुल्ला रहने व्यवस्था गरिएको निगमले जनाएको हो ।

यसअघि निगमको टिकट काउन्टर बिहान १० देखि साँझ ५ बजेसम्म ७ घण्टा मात्र खुल्ने गर्थ्यो । 

साथै, भोलिदेखि निगमको टिकट काउन्टर शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन समेत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला गरिने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप