नेपाल वायुसेवा निगमको टिकट काउन्टर अब दैनिक १० घण्टा खुल्ने
बिहीबार, ०४ फागुन २०७९, १८ : १६
काठमाडौं । राष्ट्रिय ध्वज वाहक नेपाल वायु सेवा निगमको टिकट काउन्टर भोलिदेखि दैनिक १० घण्टा खुल्ने भएको छ ।
यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै फागुन ५ गते शुक्रबारदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ः०० बजेसम्म खुल्ला रहने व्यवस्था गरिएको निगमले जनाएको हो ।
यसअघि निगमको टिकट काउन्टर बिहान १० देखि साँझ ५ बजेसम्म ७ घण्टा मात्र खुल्ने गर्थ्यो ।
साथै, भोलिदेखि निगमको टिकट काउन्टर शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन समेत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला गरिने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण