प्रियंका र विपिनको ‘फूलबारी’ प्रिमिएर
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘फूलबारी’ प्रिमिएर गरिएको छ ।
बिहिबार साँझ कमल पोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा अभिनेत्री नीशा अधिकारी, कलाकार निर्मल शर्मा गैडा, निर्देशक डा.कपिल रिजाल, निर्माता वितरक गोबिन्द शाही फिल्मका कलाकार दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतका कलाकार र रंगपत्रकारको बाक्लो उपस्थिती थियो । प्रिमिएरमा सहभागी कलाकारले फिल्मको विषयमा मिश्रित प्रतिक्रिया दिए ।
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छ भनेर देखाउन खोजिएको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलको फिल्ममा अभिनय छ ।
यशोधा फिल्मस्ले निर्माण गरेको फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् । फिल्ममा अभिभावक र सन्तानबीचको सम्बन्धको गहिरिएर देखाउन खोजिएको निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण