बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : प्रदेश एकमा हिमपात, अन्यत्र कस्तो रहला ?

शुक्रबार, ०५ फागुन २०७९, ०६ : ०५
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति  देशको  पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप