बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ लुम्बिनीको साधारण सभा भालुवाङमा

विभिन्न विधामा पत्रकारहरू पुरस्कृत
शुक्रबार, ०५ फागुन २०७९, ११ : २३
शुक्रबार, ०५ फागुन २०७९

दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभा शुक्रबारदेखि दाङको भालुवाङमा सुरु भएको छ । 

साधारणसभाको लागि लुम्बिनी प्रदेश भरिका धेरैजसो पत्रकार भालुवाङमा जुटेका छन् । महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभामा नियमित कार्यक्रमबाहेक विभिन्न पाँच विधामा पत्रकारहरूलाई पुरस्कृत भएका छन् । 

साधारणसभामा कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वकी पत्रकार सर्जना कार्कीलाई प्रदान गरिएको छ । त्यस्तै टेक–बिन्दु स्मृति पत्रकारिता पुरस्कार रुपन्देहीका पत्रकार दामोदर खनाललाई, मर्चवार–पुथा पत्रकारिता पुरस्कार कपिलवस्तुका पत्रकार मनिष गुप्तालाई, पन्नालाल गुप्ता स्मृति पत्रकारिता पुरस्कार राजेन्द्र घिताललाई र उत्कृष्ट जिल्ला शाखा पुरस्कारले अर्घाखाँची शाखालाई पुरस्कृत गरिएको छ । उनीहरुले नगद पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमको द्घाटन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रोशन पुरीले नेपालका श्रमजीवी पत्रकारहरूको हकहितको लागि महासंघ प्रतिबद्ध रहेको बताए । जुनसुकै मुल्य चुकाएर पनि पत्रकारहरूको पक्षमा महसंघ लडिरहने उनले उल्लेख गरे ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोट (जुगल), नेपाल प्रेस युनियनका उपाध्यक्ष माधव नेपाल, प्रेस चौतारीका निरु गौतम लगायतले धारणा राख्दै श्रमजीवी पत्रकारहरू आफ्ना हकहितका लागि सधैँ एकजुट हुनुपर्ने उल्लेख गरे ।

महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीका अनुसार शुक्रबार नै बन्दशत्र सम्पन्न गरिने छ । कार्यक्रममा प्रदेशका धेरैजसो पत्रकार भालुवाङमा जम्मा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप