तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने
तनहुँ । तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
दुवै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई एकै ठाउँमा परिचालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । नगरसभाले योजना कार्यक्रमको संशोधन तथा सोका लागि बजेट रकम रकमान्तर गर्ने विषयलाई पारित गरेको नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए ।
नगरपालिकाले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन, २०७९ स्वीकृत गरेको छ । भानु–२ मा गरिबसँग विश्वश्वर कार्यक्रमअन्तर्गत कार्यरत सामाजिक परिचालक जानुका बस्नेतको रु पाँच हजार प्रोत्साहन भत्ता थप गरेको छ ।
त्यसैगरी, स्वास्थ्यतर्फका तीन प्राविधिक करारका कर्मचारी बन्दना कार्की, पुष्पाञ्जली जोशी र रश्मा पौडेलको सोही तहका अन्य कर्मचारीसरह हुने गरी मासिक पारिश्रमिक रु बीस हजार कायम गरेको छ । बेरुजु नियमित गर्ने पारित गरेको छ भने प्रवक्तामा ईश्वरबहादुर घिमिरेलाई तोकेको नगरप्रमुख त्रिपाठीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण