डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा
भक्तपुर । केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज यसबारेमा जानकारी दिँदै शिवरात्रीको तयारी पूरा भएको र भोलि सहज रुपमा भक्तजनलाई दर्शनको व्यबस्था गरिएको जानकारी दिएको छ ।
समितिका महासचिव हरिशरण बस्नेतले शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि बिहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरी गर्भ गृहमा प्रवेश गरी पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको जानकारी दिए । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको छ भने मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको उनले जानकारी दिए ।
पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको र मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यबस्था गरेको छ ।
शिवरात्रीका लागि यसवर्ष ३५० जना साधुसन्त एवं बाबाहरु आएका महासचिव बस्नेतले जानकारी दिँदै डोलेश्वरमा दर्शनका लागि एक लाख भन्दा बढी बढी दर्शनार्थी आउने अनुमान गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण