राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना
काठमाडौँ । महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन् ।
यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लािग लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन् । महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो ।
महाशिवरात्रिको अवसरमा गोबद्र्धन मठका शङ्कर आचार्य निश्चलानन्द सरस्वतीसहित पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण