शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान

काठमाडौँ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो । आत्म, परात्म, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्व र अभ्यासका विषयलाई सिकाइएको छ ।
आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने विषयमा भक्तजनलाई दिक्षा दिइएको उक्त कार्यक्रममा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा भजनकीर्तनसमेत गरिएको छ ।
यसैबीच केन्द्रले ठमेलस्थित प्रधान कार्यालयबाट भगवान् शिवलाई रथयात्रा गराएर सुरु गरेको पदयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा आयोजित धार्मिक कार्यक्रमको मूल समारोहमा पुर्याइएको थियो ।
उक्त कार्यक्रममा धार्मिकगुरुहरूबाट प्रत्येक मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहङ्कारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने प्रवचन दिइएको थियो । जीवन र जगत्लाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने विषयमा संक्षेपीकरण गरिएको थियो ।
आध्यात्मक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील केन्द्रले देशभर एक हजार शाखा विस्तार गरी राजयोग शिक्षा, धार्मिक ज्ञान, ध्यान, मानव सेवालगायत कार्य गर्दै आएको ब्रम्हकुमारी राजयोग कृतिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन