शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोष्टरमा यस्तो देखियो दयाहाङ र प्रकृतिको ‘बिहे पास’

आइतबार, ०७ फागुन २०७९, ०७ : ४६
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । महा शिवरात्रीको अबसर पारेर फिल्म ‘बिहे पास’ ले अफिसिएल पोस्टर सार्वजनिक गरेको छ । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने फिल्मको सार्वजनिक तीन पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपाने देखिएका छन् ।


प्रवेश पौडेलको निर्देशन, रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म पूर्वी नेपालका बिभिन्न रमणिय स्थलमा खिचिएको हो । 
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ ।

शिव ढकालले खिचेको फिल्ममा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नविन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ । डिपी खनालको शब्द रहेको फिल्मको गीतमा प्रबेश मल्लिकको संगीत छ भने रामजी लामिछानेको कोरियोग्राफी, शैलेन्द्र प्रधानको पाश्र्व संगीत अनि मित्र गुरुङको सम्पादन छ । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप