यो समीकरणको जन्मकुण्डलीमा राष्ट्रपति कसको बन्छ भन्ने लेखेर आएको छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद कसले पाउने भन्ने पहिले नै तय भएको विषय बताउँदै आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्ने दाबी गरेका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने पनि बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ । यसमा माओवादीले साथ नदिने सम्भावना छैन । त्यसको परिकल्पना पनि नगर्नुहोला ।’ माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यस्तो सहमति नभएको अभिव्यक्ति दिएको बारे ओलीले भने, ‘सबैसँग कहाँ सहमति हुन्छ ? सबै नेता कार्यकर्तासँग कहाँ सहमति गर्दै हिँडिन्छ ?’
अहिले राष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेललगायत विभिन्न नामहरूमाथि भइरहेको चर्चा बारे उनले भने, ‘हामीले जो उम्मेदवार बनाउँछौँ तिनी नै राष्ट्रपति बन्छन् । त्यो १३ गते थाहा पाउनुहुन्छ । १३ गते नै म नाम लिन्छु ।’
उनले माओवादीको साथ छाडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने विषय प्रोभोकिङ कुरा भएको बताए । ‘अहिले हामीले सोचे सम्झेर समीकरण बनाएका हौँ । यसलाई चलाइरहेका छौँ, यसलाई नै अघि बढाउँछौँ ।’ उनले आफूलाई नै राष्ट्रपति बनाउने कुरा केही नेताहरूको रमाइलो कुरा मात्र भएको जिकिर गरे ।
पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरूसँग सहकार्य गर्न गरेको प्रस्तावबारे अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । वहाँ अझै पनि पुरानो झल्को आइरहन्छ । त्यो झल्कोले दुई–चराजना मान्छे वरिपरि देख्यो भने अलिअलि जोस्याउँछ । त्यति मात्र हो अरू केही होइन । त्यसैले के को सहकार्य ? वहाँ आफै पोलिटिक्समा हिँडिराख्नुभएको छ ।’
शाहको अभिव्यक्तबारे उनले थपे, ‘अहिलेभन्दा १५ वर्षअघि २४० वर्षसम्म वहाँहरूले देश चलाउनु भएको होइन । त्यतिबेला देशलाई के बनाउनु भएको थियो ? कहाँ पुर्याउनु भएको थियो ? १५ वर्ष त भयो जनताले आफ्नो हातमा लिएको । १५ वर्षमा कति वटा कुरा मिलाउनुपर्ने बाँकी होला । तर जनताले २५० वर्ष त लिएको छैन नि ।’ पूर्व राजालाई समावेश गरेर पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रम पार्टीले आयोजना नगरेको पनि उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण