बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको भावना अनुसार राष्ट्रिय नीति भएन : प्रदेश सभामुख

आइतबार, ०७ फागुन २०७९, १८ : ५२
आइतबार, ०७ फागुन २०७९

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसार राष्ट्रिय नीति नबनेको बताएका छन् । उनले राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला  सिमानाको समस्या भोग्नु परेको बताए । 

उनले नीति तथा कानुन बनाउन नागरिक स्तरबाट तीनै तहका सरकारलाई दबाब दिनुपर्ने बताए । खुल्ला सिमानाले सबै क्षेत्रका साना ठुला व्यवसायी र आम नागरिकले ठुलो समस्या भोग्नु परेको उनले बताए । उनले लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिबद्धता जनाए । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा  घरधनी र व्यवसायीवीच भएको सम्झौताबारे यथार्थ कुरा बाहिर नआउँदा समस्या आएको बताए ।  उनले  व्यवसायीका समस्या पहिचान गरी समाधान गरिने आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप