जनताको भावना अनुसार राष्ट्रिय नीति भएन : प्रदेश सभामुख
आइतबार, ०७ फागुन २०७९, १८ : ५२
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसार राष्ट्रिय नीति नबनेको बताएका छन् । उनले राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सिमानाको समस्या भोग्नु परेको बताए ।
उनले नीति तथा कानुन बनाउन नागरिक स्तरबाट तीनै तहका सरकारलाई दबाब दिनुपर्ने बताए । खुल्ला सिमानाले सबै क्षेत्रका साना ठुला व्यवसायी र आम नागरिकले ठुलो समस्या भोग्नु परेको उनले बताए । उनले लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिबद्धता जनाए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीवीच भएको सम्झौताबारे यथार्थ कुरा बाहिर नआउँदा समस्या आएको बताए । उनले व्यवसायीका समस्या पहिचान गरी समाधान गरिने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण