दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, ०७ फागुन २०७९, १९ : १२
दार्चुला । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।
जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आइतबार बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो ।
कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण