राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सहभागी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारोहमा सहभागी भएकी छन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे सहभागी थिए ।
त्यस अवसरमा प्रादेशिक, जातीय र भूगोलको पहिचान दिने धार्मिक, सांस्कृतिक र परम्परागत गीतसङ्गीत र नृत्य प्रस्तुत गरियो । सांस्कृतिक कार्यक्रममा नेपालको प्रख्यात झिझिया, तामाङसेलो, कौरा, झ्याउरे, हुड्के, सोरठीका साथै किसान नाच समावेश गरिएको थियो ।
मुलुकको सबैभन्दा पुरानो गैरराजनीतिक सङ्गठनका रूपमा रहेको सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।
मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न विधाका उच्च पदस्थ अधिकृत तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि सांस्कृतिक कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका चार पूर्वप्रमुखसमेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी
-
स्वास्थ्य उपचारका लागि अमेरिका जाँदै कर्णाली प्रदेश प्रमुख
-
४० वर्ष माथिका नागरिकहरूमा नसर्ने रोगको परीक्षण तथा नि:शुल्क उपचार गरिने
-
सच्चियो रविको बन्दी प्रत्यक्षीकरण निवेदन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी
-
नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर
-
मनीष झाले रोपेको ‘स्वार्थको द्वन्द्व’को बीउले लेखा समितिमा लफडा