तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरूले बुझाए मोदीलाई ज्ञापनपत्र
विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार विराटनगरमा मन्त्री मोदीलाई भेटेर बचतकर्ताहरुले आफूहरूको बचत रकम फिर्ताका लागि पहकलदकमी गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
“विराटनगरमा सञ्चालन भएको तुलसी बहुमुखी सहकारी संस्था लि.ले हजारौँ बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेकाले खुन पसिना गरेर बचत गरेको रकम डुब्ला भन्ने आशंका रहेको र त्यस संस्थाको पदाधिकारीहरू पनि केही सम्पर्क विहीन भएकाले सम्पूर्ण बचतकर्ताहरूको ध्यानलाई दृष्टिगत गरी बचतकर्ताहरूको बचत फिर्ता गर्न जस्तोसुकै कदमका लागि आवश्यक पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ” बचतकर्ताहरूले मन्त्री मोदीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले आफूले बचतकर्ताहरूको रकम सुरक्षित तरिकाबाट फिर्ता गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण