बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरूले बुझाए मोदीलाई ज्ञापनपत्र

सोमबार, ०८ फागुन २०७९, १४ : ५५
सोमबार, ०८ फागुन २०७९

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् । 

सोमबार विराटनगरमा मन्त्री मोदीलाई भेटेर बचतकर्ताहरुले आफूहरूको बचत रकम फिर्ताका लागि पहकलदकमी गरिदिन माग गर्दै   ज्ञापनपत्र बुझाएका हुन् । 

“विराटनगरमा सञ्चालन भएको तुलसी बहुमुखी सहकारी संस्था लि.ले हजारौँ बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेकाले खुन पसिना गरेर बचत गरेको रकम डुब्ला भन्ने आशंका रहेको र त्यस संस्थाको पदाधिकारीहरू पनि केही सम्पर्क विहीन भएकाले सम्पूर्ण बचतकर्ताहरूको ध्यानलाई दृष्टिगत गरी बचतकर्ताहरूको बचत फिर्ता गर्न जस्तोसुकै कदमका लागि आवश्यक पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ” बचतकर्ताहरूले मन्त्री मोदीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले आफूले बचतकर्ताहरूको रकम सुरक्षित तरिकाबाट फिर्ता गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताए ।  

m

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप