युवा संघको महाधिवेशन गर्न १६ उपसमिति गठन
काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले नवौं महाधिवेशन सम्पन्न गर्न ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।
आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेमा हुने संघको नवौं महाधिवेशन सफल पार्न अध्यक्ष किरण पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र १६ वटा उपसमिति गठन गरिएको युवासंघले जनाएको छ ।
मूल व्यवस्थापन समितिको सहसंयोजकमा उपाध्यक्षद्वय सन्तोष रावल र सुमन पुरीलाई तोकिएको छ ।
समितिमा केन्द्रीय कमिटीका सदस्यसहित महाधिवेशन हुने लुम्बिनी प्रदेशका सबै जिल्ला अध्यक्ष, प्रदेश तथा विभागीय सदस्यहरु समेत सदस्य रहेका छन् ।
हालै बसेको केन्द्रीय कमिटीको निर्णयसहितको सर्कुलर फागुन ८ जारी गर्दै युवा संघले चैत पहिलो सातासम्म वडा,पालिका तथा जिल्ला कमिटीको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
युवा संघको केन्द्रीय कमिटीको तेस्रो बैठक मकवानपुरको हेटौंडामा बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण