ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण घोषणा
काठमाडौँ । निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्टको संयुक्त आयोजनामा गत वर्षदेखि सुरु भएको ग्यालेक्सिी एक्सिलेन्स अवार्डले यो बर्ष पनि निरन्तरता पाउने भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच अवार्डको दोस्रो संस्करण घोषणा गरिएको हो ।
अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहाँंहरुले पुर्याउनु भएको योगदानको कदर गर्ने उदेश्यले अवार्ड आयोजना हुन लागेको हो ।
ईभेन्ट आयोजनाको लामो अनुभवपछि अवार्डहरुको भिडमा एक पृथक किसिमका अवार्ड आयोजना गर्न लागेको आयोजक समितिका अध्यक्ष सोनीतराज ढुंगेलले बताए । उनले भने ‘पहिलो संस्करणको ग्यालेक्सी एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात देशविदेशबाट आएका सकारात्मक प्रतिक्रिया र सवैको चाहना अनुसार दोश्रो संस्करण घोषणा गरिएको हो ।
अवार्डमा ३५ विधा समेटिनेछ । चैत १७ गते शुक्रवार होटल हायातमा आयोजना हुने अवार्डमा नेपाली कलाक्षेत्रका दिग्गजदेखि कनिष्ठसम्मको उपस्थिती रहनेछ । दिग्गज संगीतकार शम्भुजित बांस्कोटा, राज लुईटेल, शिक्षाव्दि रमा प्याकुरेल, स्वास्थ्य व्यबसायी गोपाल खड्का, युवा समाजसेवी अनिल नगरकोटी, गीता एभियसनका अच्यूत गुरागाई, ग्लोबल टुरिज्म काउन्सिलका प्रमुख धर्मेन्द्र सापकोटा, प्रोजेक्टाईल क्रियसनका प्रमुख सौरभ मल्ल, निकिला न्यौपाने, राजन ढकाल लगायतको उपस्थिती अवार्ड घोषणा कार्यक्रममा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण