राष्ट्रपति निर्वाचन झनझन पेचिलो बन्दै
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो ।
राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।
निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले नयाँ समीकरण बनाउने र भत्काउने खेलमा अहिले शीर्ष नेताहरू रणनीतिक रूपमा सक्रिय छन् । कुन दल र को राष्ट्रपति हुने भन्ने कुरा निश्चित हुन अझै केही समय लाग्ने छलफलमा जुटेका नेताहरूको धारणा छ ।
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सांसदले मात्रै मतदान गर्न पाउने सो निर्वाचनमा प्रमुख दल काँग्रेस र एमालेले आ–आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास भित्रभित्रै गरिरहेका छन् । राष्ट्रपति निर्वाचनमा मतदाता निश्चित रहेकाले दलीय समीकरण कस्तो बन्ने हो ? त्यसैबाट राष्ट्रपति को बन्छ ? भन्ने प्रस्ट हुनेछ ।
अझ यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले समेत चलखेल सुरु गरिसकेकाले थप पेचिलो बनेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० पुसको सहमतिनुसार एमालेकै भागबाट राष्ट्रपति निर्वाचित गर्नुपर्ने अडान लिँदै आएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण