एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
सारांश
- अनलाइन ठगी रोक्न कडा कानुन र तथ्यमा आधारित अनुसन्धानको माग गर्दै एक युवाले साइबर ब्युरो अगाडि प्लेकार्ड प्रदर्शन गरेका छन् ।
- नागरिक अभियन्ता आरब्ध तिमिल्सिनाले सामाजिक सञ्जालमा प्रचार भइरहेका शङ्कास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्रीबाट हुने जोखिमबारे सचेतना बढाउन प्रदर्शन गरेका हुन् ।
- उनले 'आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्' लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै साइबर कानुन बलियो बनाउनुपर्ने र नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
काठमाडौँ । अनलाइन माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानुन बनाउनुपर्ने र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने भन्दै एक युवाले काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरो अगाडि प्लेकार्ड प्रदर्शन गरेका छन् ।
पछिल्ला केही समययता सामाजिक सञ्जालमा शङ्कास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्री आक्रामक रूपमा प्रचार भइरहेको र यसबाट हुने सम्भावित जोखिमप्रति सचेतना बढाउन र डिजिटल माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानुन बनाउनुपर्ने भन्दै नागरिक अभियन्ता आरब्ध तिमिल्सिनाले सोमबार साइबर ब्युरो अगाडि प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
उनले ‘आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । उनले आफ्नो उद्देश्य कुनै व्यक्ति वा संस्थालाई अनुसन्धान र कानुनी प्रक्रियाविना दोषी ठहर गर्नु नभई सम्भावित जोखिमप्रति सचेतना बढाउनु, तथ्यमा आधारित अनुसन्धान र नागरिक सुरक्षाको पक्षमा आवाज उठाउनु भएको बताए ।
नागरिक अभियन्ता तिमिल्सिनाले अनलाइन ठगीलाई निरुत्साहित गर्न साइबर कानुन बलियो हुनुपर्ने समेत उल्लेख गरे । त्यस्तै अनलाइन ठगीबाट बच्न स्वयं नागरिकहरू पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण