बागमती प्रदेशसभा बैठक बस्दै
हेटौँडा । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । गत माघ २६ गतेदेखि बस्न नसकेको प्रदेशसभा बैठक आज बस्ने भएको हो । प्रदेशसभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै आज दिउँसो २ः१० बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेको हो ।
सरकारले जारी गरेका अध्यादेशहरूको प्रतिस्थापन विद्येयकसहित पास गर्नु पर्ने बाध्यात्मक परिस्थितिका कारण प्रदेशसभा बैठक बस्न लागेको हो । सरकारलाई आगामी फागुन १८ गते भित्र जारी भएका सबै अध्यादेशहरू प्रतिस्थापन विधेयकहरू सहित विषयगत समितिमा छलफल गरेर पास गर्नुको साथै प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसक्नु पर्नेछ ।
नियमानुसार सरकारले जारी गरेका अध्यादेशहरू संसद्मा पेस भएको ६० दिन भित्र प्रतिस्थापनसहित पास गर्नु पर्ने हुन्छ । सरकारले यसअघि कामकाजका लागि ५ वटा अध्यादेशहरू जारी गरेको थियो । उक्त अध्यादेश गत पुस १८ गतेको प्रदेशसभा बैठकमा पेस गरिएको थियो । संसद्मा पेस भएको मितिले फागुन १८ गते ६० दिन पुग्छ ।
तर, विगत १५ दिन यता प्रदेशसभा बैठक बस्न सकेको छैन । संसदीय समितिको विषयमा दलहरू बीच सहमति हुन नसक्दा गत माघ २६ गते बसेको प्रदेशसभा बैठक हालसम्म पनि बस्न सकेको थिएन । गत २३ गते संसदीय समिति गठनका लागि आह्वान गरिएको प्रदेशसभा बैठक भागबन्डा नमिल्दा बस्नै सकेको थिएन । बैठक बस्न नसकेपछि पूर्व निर्धारित कार्यसूची अनुसार प्रदेश प्रदेश प्रमुखको सम्बोधनका लागि माघ २६ गते प्रदेशसभा बैठक बसेको थियो ।
प्रदेशसभाको बैठकमा कार्यसूची तयार पार्न बुधवार बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । सो बैठकले प्रदेशसभा बैठकको कार्यसूचीलाई अन्तिम रूप दिने प्रवक्ता गुप्ताले बताए । प्रवक्ता गुप्ताको अनुसार प्रदेशसभाको बैठकमा संसदीय समितिको गठन गर्ने कार्यसूची राख्ने नराख्ने भन्ने बारे निर्णय पनि सोही कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्नेछ ।
प्रदेशसभाको आजको बैठकमा सरकारले जारी गरेको अध्यादेशहरूको प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहने प्रदेशसभा सचिवालय बागमती प्रदेशका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसँग सम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा दर्ता भएको र त्यसलाई बैठकमा पेस गरिनेछ ।
त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसद्मा पेस गरिने उनले बताए । उक्त विधेयक पनि संसद्मा दर्ता भइसकेको उनले बताए । यस अघि राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेशले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि राजनीतिक वृत्तमा एकालेले विरोध समेत गरेको थियो । उक्त अध्यादेशलाई निष्क्रिय पार्न वर्तमान सरकारले उक्त विधेयक ल्याएको हो ।
सत्तापक्ष र प्रतिपक्ष बीच संसदीय समितिको नेतृत्वको भागबन्डा मिल्न नसक्दा गत २३ गतेको प्रदेशसभा बैठक अवरुद्ध भएको थियो । संसदीय समितिको नेतृत्व प्रतिपक्ष दलहरूले पाउनुपर्ने काँग्रेसको अडान रहेको छ भने सत्तापक्ष दलहरू सार्वजनिक लेखा समिति बाहेक कुनै पनि समितिको नेतृत्व प्रतिपक्षलाई दिन नसकिने पक्षमा अडान राखेको छ । सत्तारुढ दलबाट एमालेले २, माओवादी केन्द्रले २, राप्रपाले २ वटा समितिको नेतृत्वमा दाबी गरेका छन् भने हाम्रो नेपाली पार्टीलाई पनि एउटा समितिको नेतृत्व दिएर सत्तामा सामेल गर्ने तयारी गरिएको छ ।
बागमती प्रदेशसभामा ५ वटा विषयगत समितिहरू रहेका छन् । प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति, उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण