‘निफ’ मा जोडिए नीर र सुनिल
काठमाडौंँ । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म महोत्सवमा प्रदर्शनका लागि छनौट भएको छ । यस्तैमा निफसँग अभिनेता नीर शाह र सुनिल थापा जोडिएका छन् । शाह निफको मुख्य सल्लाहकार र थापा सल्लाहकारको रुपमा भित्रिएका हुन् ।
निफको फिचर तर्फको जुरीमा केही अमेरिकी अभिनेता जेफ मोनाहान, भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र अभिनेत्री प्रियंका कार्की छन् । त्यसैगरी छोटा तथा बृत्तचित्र तर्फको जुरीमा प्रा.डा.इतामी बोर्जन, ‘बेइजिङ फिल्म एकेडेमी’ कि डिन प्रा.लि. रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी छन् ।
यसबर्ष ‘निफ’ मा ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ एकदर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत निफमा आयोजना गरिने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष केपी पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण