राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्छ : दुर्गा प्रसाईं
धनगढी । व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुनु पर्ने बताएका छन् । आफूले पूर्वराजाबाट अभियान सुरु गर्दा कारवाहीमा परेको दुखेसो पोख्दै उनले राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने दाबी गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान सुरु गरेका प्रसाईंले बुधबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्वराजाबाट दियो बालेकै कारण कारबाही गर्नुभयो । उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्नु भएको छ । उहाँलाई कारबाही हुनु पर्ने होइन र ?’
उनले सीमित व्यापारी र नेताका कारण देश समस्यामा रहेको बताउँदै त्यसविरुद्ध लड्न तयार हुनुपर्ने बताएका छन् । उनले नेपालीको समस्या समाधान गर्न आफूले अभियान थालेको भन्दै साथ दिन आग्रह गरेका हुन् ।
उनले भने, ‘कि तपाईंहरू डोरी लिएर पेट्रोल लिएर तयार हुनुहोस् कि सामन्तीसँग लड्न तयार हुनुहोस् । यहाँ ५५ जना व्यापारी र १० जना नेताको हातमा पैसा छ । दुबईमा भिल्ला किनेर राखेका छन् । सबै मिलेर लडौँ नत्र बाँच्ने छैनौँ ।’
त्यस्तै उनले नेपालका युवाहरू बेदेश जान थालेको बताउँदै अबको १० वर्षमा मुलुक खाली हुने समेत जिकिर गरे । जसको लागि पनि २० गतेदेखि थालेको आन्दोलनमा सरिक उनले अपिल गरे । उनले गरिब नेपालीहरूले सहकारीमा जम्मा गरेको पैसा लिएर सञ्चालक फरार रहेको भन्दै तिनलाई कारबाहीको समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण