९ किलो चरेशसहित ३ जना पक्राउ
बुधबार, १० फागुन २०७९, १५ : १८
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट आरोपीहरुको साथबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षिय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९ वर्षिया पुनम पुन र ४१ वर्षिया दिलमाया पुन छन् ।
बिओपी फुलवारीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्तान शैलेन्द्र थापाले जानकारी दिए । आरोपीहरुलाई बरामद चरेशसहित जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण