आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद: भीम रावल

बिहीबार, ११ फागुन २०७९, ०७ : ५१
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले पदका लागि भएको जति छलफल देश र जनताका लागि  गरेको भए जनतालाई राहत हुने बताएका हुन् । 

‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले । लज्जास्पद र निन्दनीय ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप