नेप्सेमा ५७ अंकको पहिरो, राष्ट्र बैंकको नीतिपछि लघुवित्त कम्पनीहरू प्रभावित
काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको पहिरो गएको छ । यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो । त्यसो त बुधबार मात्र केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुको नाफामा संकुचन ल्याउने गरी ब्याजदर र लाभांश वितरणमा अंकुश लगाउँदै निर्देशनमा संशोधन गरेसँगै आज लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा तीब्र गिरावट आएको छ । जसले समग्र सूचकमा नै प्रभाव पर्न गएको हो ।
नेपाल स्टक एक्सचेञ्ज अनुसार आज गुमाउनेमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । चार दर्जन हारहारीका लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । माइक्रोफाइनान्स समूहको उपसूचक ९.५४ प्रतिशतले घट्दैगर्दा अन्य १२ वटा उपसूचक समेत ऋणात्मक हुदै आज सेयर बजार नै राताम्मे हुन पुगेको छ ।
५७ अंकमाथिले नेप्से सूचक घटेको बजारमा आज कुल २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण