शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा वर्षा

शुक्रबार, १२ फागुन २०७९, ०६ : ०४
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश एकको पहाडी भू–भागका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति  प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप