शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ? विशेषज्ञबाट सिक्नुहोस्

शुक्रबार, १२ फागुन २०७९, ०९ : ०४
शुक्रबार, १२ फागुन २०७९

असन्तुलित खानपान र खराब जीवनशैलीका कारण आजको समयमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ । मानिसहरू मोटोपनाबाट छुटकारा पाउन सबै प्रकारका उपाय अपनाउने गर्छन् । आजको समयमा बजारमा यस्ता धेरै उत्पादनहरू पनि भेटिन्छन् जुन मोटोपना घटाउन निकै फाइदाजनक मानिन्छ । तर यी उत्पादनको साइड इफेक्ट पनि यत्तिकै हुन्छन् ।  मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक हुन्छ । ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ । तर यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले तपाईँलाई हानी समेत गरिरहेको हुन्छ । 

यस लेखमा हामी तौल घटाउन ग्रिन टी पिउने तरिका र यसका फाइदाहरूबारे विस्तृतमा जानकारी दिँदै छौँ ।

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो त ?

ग्रिन टीमा पाइने गुण र पोषक तत्त्व तौल घटाउनको लागि मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि निकै उपयोगी मानिन्छ । ग्रिन टीमा क्याटेचिन नामक एक प्रकारको फ्लेभोनोइड पाइन्छ, जुन शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र तौल घटाउन निकै उपयोगी हुन्छ । यसको सेवनले शरीरको मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ । ग्रिन टीमा पर्याप्त मात्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन तौल घटाउन र शरीरमा फ्याट बर्न गर्ने प्रक्रियालाई गति दिन धेरै फाइदाजनक हुन्छ । यसबाहेक ग्रिन टीमा कार्ब्स, फ्याट र चिनीको मात्रा शून्य हुने भएकाले यसको सेवनले तौल बढ्ने खतरा हुँदैन ।

तौल घटाउन यसरी पिउनु फाइदाजनक हुन्छ

– सुरुमा तपाईँले १ कप पानी राम्ररी उमाल्नुहोस् ।

– यो पानीमा लगभग २ चम्चा ग्रिन टिको पात हाल्नुहोस् ।

– यी पातहरूलाई ५ मिनेटसम्म पानीमा राख्न दिनुहोस्।

– ५ मिनेटपछि यसलाई राम्ररी छान्नुहोस् ।

– यदि तपाईँ  टी ब्यागको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई पाँच मिनेट पछि राम्रोसँग निचोरेर बाहिर निकाल्नुहोस् । 

– त्यसपछि यो ग्रिन टीमा कागतीको रस वा मह मिसाउनुहोस् ।

– राम्रोसँग चलाएपछि यो खान सक्नुहुन्छ ।

– ग्रिन टी बनाउन चिनीको प्रयोग गर्दै नगर्नुहोस् ।

तौल घटाउनको लागि ग्रिन टी कहिले पिउने ?

यद्यपि तपाईले जुनसुकै समयमा ग्रिन टी पिउन सक्नुहुन्छ तर यदि तपाईले यसलाई बिहान सेवन गर्नुभयो भने तपाईँलाई बढी फाइदा हुन्छ । यसबाहेक खाना खानुभन्दा ४५ मिनेट अघि र पछि मात्रै ग्रिन टी पिउनुपर्छ । बिहान खाली पेटमा ग्रिन टिको सेवन नगर्नुहोस् । यसो गर्दा तपाईँको स्वास्थ्यमा नकारात्मक असरसमेत पर्न सक्छ । 

ग्रिन टी दिनमा २ देखि ३ पटक मात्र पिउनुपर्छ । तौल घटाउने क्रममा यसको अत्यधिक सेवनले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यस बाहेक यदि तपाई मधुमेह, रक्तचाप वा मुटुसँग सम्बन्धित रोगको शिकार हुनुहुन्छ भने डाक्टरको सल्लाह लिएर मात्रै ग्रिन टी पिउनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप