युभेन्ट्सको जितमा डी मारियाको ह्याट्रिक
शुक्रबार, १२ फागुन २०७९, ०९ : २०
काठमाडौं । एन्जल डी मारियाको ह्याट्रिकको सहयोगमा इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३–० ले हराउँदै समग्रमा ४–१ को जित सहित युभेन्ट्स अन्तिम १६ मा पुगेको हो ।
युभेन्ट्सको जितमा एन्जल डी मारियाले ह्याट्रिक गरे । युभेन्ट्सले खेलको पाँचौं मिनेटमा डी मारियाको गोलबाट अग्रता लिएको थियो ।
खेलको १७ औं मिनेटमा एन पालोइसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो । डी मारियाले खेलको २०औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
खेलको ७८ औं मिनेटमा डी मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए । बिहीबार राति नै भएको खेलमा रोमा र सेभिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण