युभेन्ट्सको जितमा डी मारियाको ह्याट्रिक
शुक्रबार, १२ फागुन २०७९, ०९ : २०

काठमाडौं । एन्जल डी मारियाको ह्याट्रिकको सहयोगमा इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३–० ले हराउँदै समग्रमा ४–१ को जित सहित युभेन्ट्स अन्तिम १६ मा पुगेको हो ।
युभेन्ट्सको जितमा एन्जल डी मारियाले ह्याट्रिक गरे । युभेन्ट्सले खेलको पाँचौं मिनेटमा डी मारियाको गोलबाट अग्रता लिएको थियो ।
खेलको १७ औं मिनेटमा एन पालोइसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो । डी मारियाले खेलको २०औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
खेलको ७८ औं मिनेटमा डी मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए । बिहीबार राति नै भएको खेलमा रोमा र सेभिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही